बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ? | Khabarhub Khabarhub

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक नीतिको आलोचना गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारको आगामी आर्थिक वर्षको बजेट र आर्थिक नीतिको आलोचना गरेका हुन् ।
 
अध्यक्ष प्रचण्डले बजेटलाई ‘संख्याको दम्भमा दोहन गरिएको दस्ताबेज’को संज्ञा दिँदै सरकारले लोकतान्त्रिक मूल्यको ‘सर्भिसिङ’ गर्ने अवसर गुमाएको आरोप लगाए । ‘यो गठबन्धन बन्दै गर्दा मेरो नेतृत्वको सरकारमाथि तपाईँहरूले पुँजीगत खर्च बढाउन नसकेको, सार्वजनिक ऋण बढेको आरोप लगाउनु भएको थियो,’ उनले प्रश्न गरे, ‘तर, आज के अवस्था छ ?’

प्रचण्डका अनुसार अहिले सार्वजनिक ऋण करिब २७ खर्ब पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ प्रतिशत नाघ्न लागिसकेको छ । ‘अब ऋण तिर्न ऋण लिने प्रवृत्तिले देश कति दिन टिक्ने ?,’ उनले प्रश्न गरे । 

उनले बजेटको संरचना र प्राथमिकताप्रति असन्तुष्टि जनाए । ‘बजेटमा न त सपना छन्, न आशा,’ प्रचण्डले भने, ‘प्राथमिकतामा सिमेन्ट, गिट्टी–बालुवा र टावर राख्नुभयो, तर जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ।’

प्रचण्डले बजेटलाई प्रतिनिधित्वविहीन, पक्षपाती र जनताको समस्यासँग विमुख भएको आरोप लगाए । ‘बजेटमा थारु देखिएनन्, मधेसी देखिएनन्, आदिवासी, जनजाति, मुस्लिम, महिला, दलित, मजदुर, किसान देखिएनन्,’ उनले भने, ‘न त कर्णाली, सुदूरपश्चिम र मधेश नै अटायो । दुई दलको सत्ता उन्मादको दस्ताबेज मात्र बनाइयो बजेट ।’

अध्यक्ष प्रचण्डले केही मुट्ठीभर नवधनाढ्य, दलाल र पहुँचवालाहरूको सेवा र हितका लागि बजेट बनाइएको गम्भीर आरोपसमेत लगाए । ‘शिथिल अर्थतन्त्रलाई गति दिने, बेरोजगारी घटाउने, गरिबी घटाउने र जनविश्वास जगाउने अवसरलाई सरकारले चिन्दै नचिनेको स्पष्ट भएको छ,’ प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ४७ बजे

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ

पशुमा कृत्रिम गर्भाधान बढ्दो

बागलुङ– पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

बागलुङ– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण

मेरिल्याण्ड गौरा पर्व मनाइयो

अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइएको छ ।

कृषिसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक