प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ? « Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ?


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिन्ँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई आमनागरिकले जाली ठानिसकेको बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारका मन्त्रीहरू कर्मचारीको सरुवा र आयोगका पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डील गरिरहेको प्रति लषित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्रीप्रति व्यंग्य गर्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन् । प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’ 

उनले सरकार जहाँ–जहाँ छ, त्यहाँ–त्यहाँ भ्रष्टाचार भएको आरोप पनि लगाए । ओली नेतृत्वको सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ५६ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा