काठमाडौं– सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै साहले घुस डिल गरेको अडियो प्रकरणमा मन्त्री गुप्तालाई बर्खास्त गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै उनले प्रश्न समेत गरे ।
उनले दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको जिकिर गरे ।
प्रतिक्रिया