‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ « Khabarhub

‘सुम्निमा’मा उपासनासँग ‘अनस्क्रिन रोमान्स’ गर्दै नायक कुन्साङ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अञ्जिला’को व्यवसायिक सफतापछि निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको अर्को फिल्म ‘सुम्निमा’को नायकमा कुन्साङ बमजन फाइनल भएका छन् ।

निर्माण पक्षले फिल्ममा नायक कुन्साङ अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । यस फिल्मको नायिकामा उपसनासिंह ठकुरी यसअघि नै अनुबन्ध भइसकेकी छन् ।

यस फिल्ममा कुन्साङ र उपासना प्रेम जोडीको रुपमा देखा पर्ने निर्माण पक्षले बताएको छ । अर्थात्, यी दुईले फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने पक्का भएको छ ।

मिलन चाम्ससँग सहकार्य गर्न पाउनुलाई नायक कुन्साङले अवसरका रुपमा लिएका छन् । उनी भन्छन्, ‘म यो फिल्मलाई डेब्यू मानेर मिहिनेतका साथ गर्नेछु ।’

निर्देशक चाम्सका अनुसार यो विशुद्ध प्रेम कथामा आधारित फिल्म हो । उनी भन्छन्, ‘नामले यो कुनै नारीको कथा हो कि जस्तो लाग्न सक्छ । तर, यो प्रेम कथा हो ।’

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : २७ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको