राष्ट्रिय चलचित्र पुरस्कार : नायिकालाई प्रोत्साहन अवार्ड नदिएपछि रिसाइन् वर्षा « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कार : नायिकालाई प्रोत्साहन अवार्ड नदिएपछि रिसाइन् वर्षा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयोजक चलचित्र विकास बोर्डले रहँदै आएको यस संस्करणको राष्ट्रिय चलचित्रको अवार्ड वितरणलाई लिएर नायिका वर्षा शिवाकोटी असन्तुष्ट बनेकी छन् ।

वर्षाको असन्तुष्टि निर्णायक समिति प्रोत्साहन पुरस्कार विधालक्षित छ । शीतलनिवासमा सोमबार यस विधाको पुरस्कार नायक प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट हात परेका थिए ।

उक्त विधामा नायिकालाई पुरस्कार प्रदान गरिएको छैन । त्यहीकारण वर्षाले सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेकी हुन् ।

उनले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महिला कलाकारलाई प्रोत्साहन गर्न नसकेको आशयको टिप्पणी गरेकी छन् ।

सम्बन्धित समाचार : राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल

उनले प्रश्न गरेकी छन्, ‘लौ नायक ज्यूहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’

यस संस्करणको राष्ट्रिय चलचित्र पुरस्कार सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेललको हातबाट विजेताहरूले अवार्ड लिए ।

यस वर्षका उत्कृष्ट नायक विजय बराल, उत्कृष्ट नायिका उपासनासिंह ठकुरी, उत्कृष्ट फिल्म ‘साम्बाला’ र उत्कृष्ट निर्देशकको अवार्ड मीन भामले पाएका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ५७ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको