राष्ट्रिय चलचित्र पुरस्कार : नायिकालाई प्रोत्साहन अवार्ड नदिएपछि रिसाइन् वर्षा « Khabarhub

राष्ट्रिय चलचित्र पुरस्कार : नायिकालाई प्रोत्साहन अवार्ड नदिएपछि रिसाइन् वर्षा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयोजक चलचित्र विकास बोर्डले रहँदै आएको यस संस्करणको राष्ट्रिय चलचित्रको अवार्ड वितरणलाई लिएर नायिका वर्षा शिवाकोटी असन्तुष्ट बनेकी छन् ।

वर्षाको असन्तुष्टि निर्णायक समिति प्रोत्साहन पुरस्कार विधालक्षित छ । शीतलनिवासमा सोमबार यस विधाको पुरस्कार नायक प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट हात परेका थिए ।

उक्त विधामा नायिकालाई पुरस्कार प्रदान गरिएको छैन । त्यहीकारण वर्षाले सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेकी हुन् ।

उनले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले महिला कलाकारलाई प्रोत्साहन गर्न नसकेको आशयको टिप्पणी गरेकी छन् ।

सम्बन्धित समाचार : राष्ट्रिय चलचित्र अवार्डको विजेता सार्वजनिक : उत्कृष्ट फिल्म ‘साम्बाला’, नायक विजय बराल

उनले प्रश्न गरेकी छन्, ‘लौ नायक ज्यूहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?’

यस संस्करणको राष्ट्रिय चलचित्र पुरस्कार सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा सम्पन्न भएको छ। राष्ट्रपति रामचन्द्र पौडेललको हातबाट विजेताहरूले अवार्ड लिए ।

यस वर्षका उत्कृष्ट नायक विजय बराल, उत्कृष्ट नायिका उपासनासिंह ठकुरी, उत्कृष्ट फिल्म ‘साम्बाला’ र उत्कृष्ट निर्देशकको अवार्ड मीन भामले पाएका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ५७ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष