खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाइयो ताला | Khabarhub Khabarhub

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाइयो ताला


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ । 

खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

सुकुम्बासी संघले विगत ६ दिनदेखी केयूकेएलको कार्यालय अगाडी धर्ना सहित कार्यालय घेराउ गर्दै आएको छ । आफूहरूको माग पुरा नभए नेताहरूको ढोका ढोकाका साथै सिंहदरबारमा समेत तालाबन्दी गर्ने चेतावनी आजपा प्रवक्ता साहले दिएका छन् । 

काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरू खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन गर्दा समेत माग सुनुवाइ नगरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले जनाएका छन् । 

सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । सरकारले खानेपानी नदिएर मानवता विरोधी अपराध गरेको उनले बताए । 

‘आजको २१औँ शताब्दमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौँ । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने । 

सहभागीहरूले हात हातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देऊ भन्दै केयूकेएलको कार्यालय घेराउ गर्दै सरकारका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्सीवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नाराबाजी गर्दै आन्दोलन भइरहेको छ ।  

काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी दिनुपर्ने र तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने बारेमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसद्मा निरन्तर आवाज उठाउँदै आएका छन् । साहले देशैभरी देखिएको खानेपानीका साथै सिचाइको अभावमा किसानले धान खेती गर्न समस्या भोगिरहेको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

संसददेखी सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भइरहेको छ । काठमाडौंको सुकुम्बासी बस्ती देखी तराई मधेसका जिल्लामा खानेपानीको माग गर्दै चर्कोरुपमा आवाज उठिरहेको छ । 

संसद्मा सांसदहरुले तराई मधेसका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सर्वसधारणले गर्दै आएका छन् । –न्युजकारखानाबाट साभार

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ०१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका