मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड « Khabarhub

मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भयो, प्रधानमन्त्री तीनैको रक्षामा लागे : प्रचण्ड


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरीह सरकार अर्को हुनै नसक्ने बताएका छन् ।  

सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केही गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरीह सरकार अर्को हुनै नसक्ने बताएका हुन् ।

अहिलेको सरकार कुशासनका लागि गठन भएकाले प्रधानमन्त्रीले मन्त्रीहरूको रक्षा गरेको उनको भनाइ छ । प्रचण्डले मन्त्रीको घुस प्रकरणले देशकै बेइज्जत भएको जिकिर गरे । 

त्यस्तै प्रचण्डले वर्तमान सरकारले १ वर्षमा शान्ति प्रक्रियाका कामलाई अघि बढाउने बाहेक अरु कुनै सम्झन लायक काम नगरेको प्रतिक्रिया दिए ।  

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहज रूपमा टुङ्गाउनुपर्ने आफूहरू प्रस्ट रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक