वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी « Khabarhub

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्तामार्फत विश्वका विवाद र द्वन्द्व समाधान हुनुपर्नेमा आफ्नो मुलुक र ब्राजिल एकमत रहेको बताएका छन् । ब्राजिल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदीले ब्राजिल र भारतबीचको सहकार्य विश्वका लागि ‘महत्वपूर्ण स्तम्भ’ रहेको पनि उल्लेख गरे । भारतीय अखबार द हिन्दूका अनुसार उनले ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई भारत–ब्राजिल रणनीतिक साझेदारीको ‘प्रमुख वास्तुकार’ को संज्ञा पनि दिएका छन् ।

उनले विश्वस्तरमा भारत र ब्राजिलले निकट समझदारीमा रहेर काम गरेको पनि जनाएका छन् । यस सहकार्य ‘ग्लोबल साउथ’ मात्रै नभएर मानवताका लागि पनि सान्दर्भिक रहेको बताए ।

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी ब्राजिल पुगेका हुन् । ब्राजिल भ्रमणका क्रममा उनलाई राजधानी ब्रासिलियामा भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ०७ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर