वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी « Khabarhub

वार्तामार्फत विश्वका विवाद समाधान हुनुपर्नेमा भारत र ब्राजिल एकमत : मोदी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्तामार्फत विश्वका विवाद र द्वन्द्व समाधान हुनुपर्नेमा आफ्नो मुलुक र ब्राजिल एकमत रहेको बताएका छन् । ब्राजिल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदीले ब्राजिल र भारतबीचको सहकार्य विश्वका लागि ‘महत्वपूर्ण स्तम्भ’ रहेको पनि उल्लेख गरे । भारतीय अखबार द हिन्दूका अनुसार उनले ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई भारत–ब्राजिल रणनीतिक साझेदारीको ‘प्रमुख वास्तुकार’ को संज्ञा पनि दिएका छन् ।

उनले विश्वस्तरमा भारत र ब्राजिलले निकट समझदारीमा रहेर काम गरेको पनि जनाएका छन् । यस सहकार्य ‘ग्लोबल साउथ’ मात्रै नभएर मानवताका लागि पनि सान्दर्भिक रहेको बताए ।

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी ब्राजिल पुगेका हुन् । ब्राजिल भ्रमणका क्रममा उनलाई राजधानी ब्रासिलियामा भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ०७ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार