कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी | Khabarhub Khabarhub

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध निरन्तर विवादमा पर्दै आएको छ ।

जोखिमपूर्ण भूगोलमा बनाउन सर्भेसमेत भइरहेको यो उच्च बाँधलाई लिएर स्थानीयबासीले पनि विरोध गरिरहेका छन् ।

बिहारको दु:खका रुपमा चिनिएको कोशीलाई तराईको सम्म भागमा नपुग्दै अग्लो बाँधले छेक्न खोजिएपछि दर्जनभन्दा बढी जिल्लामा यसको असर पर्ने सम्भावना छ ।

यही सन्दर्भमा मातृभूमि जागरण अभियान चलाइरहेका नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले उच्च बाँधलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

कोशी नदीलाई तराईको समथर क्षेत्रमा अग्लो बाँधले नियन्त्रण गर्ने प्रयासबाट व्यापक असर पार्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्। बाँध निर्माण भएमा दर्जनभन्दा बढी नेपाली जिल्लामा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयस्तरमा विरोध प्रदर्शन पनि भएका छन्।

यही सन्दर्भमा मातृभूमि जागरण अभियान चलाइरहेका नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको तीव्र आलोचना गरेका छन् ।

उनले कोशी उच्च बाँधलाई लिएर सरकारले जनविरोधी निर्णय लिन सक्ने भन्दै सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् ।

‘नेपालको हितमा नभएको भन्दै पञ्चायत कालदेखि नै रोकिँदै आएको कोशी उच्च बाँधको नाम फेरेर जनतालाई झुक्याएर अघि बढाउने प्रयास गरिँदैछ’, उनले भनेका छन्, ‘यसमा सरकार किन र कसको स्वार्थमा लागेको हो स्पष्ट हुनुपर्छ ।’

उनले प्रभावित क्षेत्रका जनताको विरोधलाई पूर्णतः जायज बताउँदै सरकारलाई चेतावनी दिएका छन् । ‘जनता र देशप्रति उत्तरदायी हुन सरकारले जनताको आवाज सुन्नुपर्छ। राष्ट्रिय हितमा कुठाराघात गर्नु हुँदैन’, उनले भनेका छन् ।

उक्त परियोजनाबारे हालसम्म औपचारिक सहमति सार्वजनिक भइसकेको छैन। तर, भारतले सर्भे अगाडि बढाउँदै आएको छ।

बाँध निर्माणले पर्यावरण, विस्थापन, बाढी नियन्त्रण र जल अधिकारको सवालमा दीर्घकालीन असर पार्ने भएकाले राष्ट्रिय बहस आवश्यक रहेको सरोकारवालाले बताइरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका