युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ « Khabarhub

युरोपेली सङ्घका व्यापार प्रमुखले भने– वासिङ्टनसँग वार्ता गर्ने योजना छ


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० प्रतिशत कर लगाउने नयाँ धम्कीलाई बेवास्ता गर्न ब्रसेल्सले सङ्घर्ष गरिरहेको बेला युरोपेली सङ्घका व्यापार प्रमुखले सोमबार आफ्ना अमेरिकी समकक्षीहरूसँग कुरा गर्ने योजना बनाएको बताए ।

समाचार संस्था एएफपीका अनुसार ईयूका २७ देशहरूको तर्फबाट वार्ताको नेतृत्व गरिरहेका व्यापार आयुक्त मारोस सेफकोभिकले अमेरिकी नेताको धम्कीको बाबजुद पनि, वासिङ्टनसँग वार्ता जारी राख्न तयार रहेको ‘महसुस’ गरेको बताएका हुन् ।

‘म मेरा अमेरिकी समकक्षीहरूसँग फेरि कुरा गर्ने विचारमा छु, किनकि म वास्तविक प्रयास बिना टाढा जाने कल्पना पनि गर्न सक्दिन,’ सेफकोभिकले ब्लकका व्यापार मन्त्रीहरूसामु भने ।

शनिबार ट्रम्पले अगस्ट १ सम्ममा कुनै सम्झौता नभएमा युरोपेली सङ्घमाथि व्यापक कर लगाउने घोषणा गर्दै महिनौंदेखिको कठिन वार्तालाई अवरोधमा पारेका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि