करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिका-७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्दको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

सोही नगरपालिका-४ गाडेखोलास्थित पोलमा चढि विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका-२ घर भएका ३५ वर्षीय सरोज थारूको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

कावासोती नगरपालिका-३ पुरानो कावासोतीस्थित निर्माणाधीन सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३५ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई