घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन | Khabarhub Khabarhub

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घुस लेनदेनका लागि विचौलियासँगको बार्गेनिङमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) बाटै दबाब परेको छ ।

उक्त प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न एमाले नेताहरूले प्रधानमन्त्रीलाई सुझाएका छन् । यस कुराको जानकारी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार एक अन्तरक्रियामा दिएका हुन् ।

उनले घुस लेनदेन प्रकरणमा मुछिएका मन्त्रीहरूलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ढिला गर्न नहुने पनि बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित ‘सरकारको एक वर्षे समीक्षा’ अन्तरक्रियालाई सम्बोधन गर्दै उनले विवादित मन्त्री हटाउन ढिला गर्न नहुने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो काण्डमा प्रधानमन्त्री ओलीले तत्काल एक्सन लिने पनि उनले बताए ।

आफूहरूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । गौतमले प्रधानमन्त्री ओलीले पनि मन्त्री गुप्तासँग भेटेर कुरा गरिसकेको जानकारी पत्रकारहरूलाई दिए ।

‘आज सुशासनको मुद्दा ओझेलमा पर्ने र मन्त्री नै भ्रष्टाचारको बार्गेनिङमा जोडिएका अडिओ सार्वजनिक हुने खालको परिस्थिति बन्यो । त्यसमा हाम्रो पार्टी गम्भीर छ’, उनले भने, ‘पार्टीले यसबारे गम्भीरतापूर्व सूचना राखेर पार्टी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ । मलाई लाग्छ उहाँले पनि मन्त्रीलाई राखेर कुरा गरिसक्नु भएको छ ।’

गौतमले सरकारको यो मिसनमा काम गर्न नसक्ने, नेपालको संविधान, ऐन, कानुन र दिएको संस्थाको पनि गरिमा राख्न नसक्नेहरूलाई प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्ने परिस्थिति रहेको बताए । ‘त्यो हामीलाई अनुभूति भइरहेको छ’, उनले भने, ‘प्रधानमन्त्री त्यो दिशामा जानुहुन्छ ।’

उनले फरक प्रसंगमा प्रतिनिधिसभा र राष्ट्रय सभामा कांग्रेस–एमालेसहित दुईतिहाइ बहुमतको अवस्था नभइ संविधान संशोधन अगाडि नबढ्ने बताए ।

संसद्मा सरकारको दुई तिहाइ बहुमत पुगेको दिन राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधनको विषय अगाडि बढाइने जानकारी गौतमले दिए ।

‘संविधान संशोधनको प्रसंग र अहिलेको संवैधानिक प्रक्रियालाई हामीले बुझ्न जरूरी छ’, उनले भने,‘कानुनी र संवैधानिक प्रक्रियामा पनि संविधान संशोधन अघि बढाउन अहिलेको गठबन्धनसँग संसद्मा दुईतिहाइ बहुमत चाहिन्छ ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ५१ बजे

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै