खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन « Khabarhub

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई मध्यनजर गर्दै खानेपानीमन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज पर्सा जिल्लाका विभिन्न स्थान एवं वडाहरूमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन् ।

तराई–मधेस क्षेत्र विशेष गरी वीरगञ्ज महानगरपालिकामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएपछि त्यसको तत्कालीन तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि खानेपानीमन्त्री तथा कानुनमन्त्री चौरसियाले अनुगमन सहित निरीक्षण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साह कानुले जानकारी दिए ।

उनका अनुसार तराई–मधेस सहित वीरगञ्ज क्षेत्रका नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि मन्त्रीद्धयले आज पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले वीरगञ्ज लगायत तराई–मधेसको खानेपानीको तत्काल एवं दीर्घकालीन समस्या समाधानका लागि आफू सहित सिङ्गो मन्त्रालयको टिम अहोरात्र खटिएको जानकारी दिए ।

उनले भने, ‘वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एडिबिको ऋण सहयोगमा ४ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । तत्काल खानेपानीको समस्या समाधानका लागि यहाँका विभिन्न स्थानहरूमा डिपबोरिङ जडान गरी खानेपानी वितरणको कार्य आरम्भ गरिसकेको छ ।’

धेरै स्थानहरूमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि आफू सहित कानुनमन्त्री चौरसिया पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ का विभिन्न गाउँ, टोल तथा वडाहरूमा अनुगमनका लागि आइपुगेको मन्त्री यादवले बताए ।

तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि आफू पूर्ण प्रतिबद्ध र कटिबद्ध रहेको मन्त्री यादवले बताए ।

उनले भने, ‘नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै समस्याको समाधानका लागि आवश्यक कदम चालिरहेको छ । यस कार्यमा तपाईँहरू सबैको सहकार्य र सहयोग अपेक्षित छ ।’

सोही क्रममा कानुनमन्त्री चौरसियाले पर्सा जिल्लावासीको खानेपानीको गम्भीर समस्याप्रति गहिरो चासो व्यक्त गर्दै खानेपानी पहुँचलाई सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘वीरगञ्ज महानगरपालिकालगायत पर्सा जिल्लामा पछिल्लो समय जनताले पानीका लागि चरम समस्या भोगिरहेकाले समस्या पहिचान गर्दै तत्काल तथा दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न हामी अनुगमनमा निस्किएका छौँ । समस्या समाधान गर्छौँ ।’ रासस

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : ५७ बजे

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग