कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो « Khabarhub

कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– कञ्चनजङ्घा पदमार्गमा पर्ने सिम्बुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

पदमार्ग अन्तर्गत तोरोङदिन भन्ने स्थानमा रहेको उक्त पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उनका अनुसार पुल यही असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।

पुल बगाएपछि तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । 

उक्त पुल तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको दुर्गम विकास समितिद्वारा निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ४३ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको