कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा « Khabarhub

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् ।

प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार ३० गतेसम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको जानकारी दिइएको हो ।

कोशी प्रदेशलाई यही असार ३२ गतेभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा राधिका थपलियाले जानकारी दिए ।

उनले वडा, स्थानीय तह र जिल्ला घोषणा भइसकेकाले चालु आर्थिक वर्षभित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरिने बताए । उनले नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाइएकाले आगामी वर्षहरुमा शून्यमा झार्न निर्देशन दिए ।

प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजात राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी