दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड  « Khabarhub

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।

आईपीओमा २३ लाख ७२ हजार ९२६ जनाले २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका दिए । आवेदन दिएकामध्ये २१ लाख ३० हजार भन्दा बढीले शेयर पाएका छैनन् ।

कम्पनीले २ लाख ४२ हजार ३१८ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पर्ने छन् । ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता शेयर कर्मचारीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १० : ३६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क