वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो « Khabarhub

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभई विगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरू केही सकारात्मक भएको दाबी गरेका हुन्  । यद्यपि अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकहरूमा कुनै सुधार नरहेको उनले बताए ।

पुनले अहिले बैंकहरुमा खर्वौँ लगानी योग्य पैसाहरू थुप्रिएर रहे पनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे  ।

त्यस्तै उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका शृङ्खलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए  ।  

उपलब्धिहरू गुम्ने र लोकतन्त्र खतरामा पर्ने मुख्य कारण नबन्न उनले प्रधानमन्त्रीलाई सुझाव दिए  । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५० बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते