काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो « Khabarhub

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ, भने दर्जनौं घाइते भएका छन् ।

“समाचार अत्यन्तै पीडादायक छ,” काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमा उल्लेख गर्दै किष्टवारमा तीव्र वर्षाका कारण ठूलो क्षति पुगेको जानकारी दिए ।

बाढीबाट प्रभावित व्यक्तिहरूलाई उद्दार गर्न प्रयास जारी छ । किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले भने,“हामीले हालसम्म ३७ शव फेला पारिसकेका छौं र ३५ जना घाइतेको उद्धार गरिएको छ । अझै पनि केही व्यक्तिहरु हराइरहेका छन् ।”

नजिकैको अथोली गाउँका एक स्थानीय बासिन्दा सुशील कुमारले एएफपीसँगको कुराकानीमा भने,“मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ ।”

प्राकृतिक प्रकोपपछि उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ, किनभने बाढीपछिका निरन्तर वर्षाले बाटोहरू ध्वस्त बनाएका छन् ।घटनास्थल श्रिनगरबाट झण्डै २०० किलोमिटर टाढा रहेको कारण पनि उद्धार टोली पुग्न कठिन भइरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितप्रति समवेदना व्यक्त गर्दै भने,“संकटको घडीमा पीडितहरूलाई सबै प्रकारको सहयोग प्रदान गरिनेछ ।” यसअघि, अगस्ट ५ मा उत्तराखण्ड राज्यको धाराली गाउँमा पनि बाढी र पहिरोको कारण ठूलो विनाश भएको थियो, जसमा ७० भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ ।

प्रत्येक वर्ष मनसुनको समयमा भारतमा बाढी, पहिरो र वर्षा जन्य विपद् सामान्यझैँ देखिन्छन् । तर विज्ञहरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटनाहरू पहिलेभन्दा धेरै गम्भीर र बारम्बार हुने गरेका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले गत वर्ष चेतावनी दिँदै भनेको थियो,“बढ्दो बाढी र खडेरीहरू जलवायु संकटको गहिरिँदो सङ्केत हुन्, र विश्वको जलचक्र पहिलेभन्दा अझ अनियमित बन्दै गएको छ ।”

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ५० बजे

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको