पाकिस्तानमा अल्पसङ्ख्यकलाई दमन गर्न ईशनिन्दा कानूनको दुरुपयोग भइरहेकोमा चिन्ता « Khabarhub

पाकिस्तानमा अल्पसङ्ख्यकलाई दमन गर्न ईशनिन्दा कानूनको दुरुपयोग भइरहेकोमा चिन्ता


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई दमन गर्न कठोर ईशनिन्दा कानूनको दुरुपयोग भइरहेको भन्दै मानव अधिकार संगठनले चिन्ता व्यक्त गरेका छन् । धार्मिक अल्पसङ्ख्यक विशेषगरी, इसाई धर्मावलम्बीलाई दमन गर्नका लागि यस्तो कानूनको दुरुपयोग हुने गरेको ती संगठनको आरोप छ ।

पाकिस्तानको दण्ड संहिता धारा २९५ सी अन्तर्गत इस्लामको अपमान गरेको आरोपमा कडा सजायको प्रावधान छ । ह्युमन राइट्स वाच एचआरडब्ल्यू र ओपन डोर्सजस्ता संगठनहरूले यो कानूनबाट धार्मिक स्वतन्त्रता हनन् हुने गरेको उल्लेख गरेका छन् । यही कानूनको दुरुपयोग गर्दै निर्दोष व्यक्तिहरूलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय भोग्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।

युरोपियन कन्जरभेटिभका अनुसार सन् २०२४ मा मात्रै दर्जनौं इसाईहरूलाई झूटा आरोपमा जेल हालिएको र केहीलाई भीडको हिंसाको सामना गर्नुपरेको ओपन डोर्सको प्रतिवेदनमा उल्लेख छ ।

युरोपेली युनियनले पनि यो कानूनको दुरुपयोग रोक्न र धार्मिक अल्पसंख्यकको सुरक्षाका लागि पाकिस्तान सरकारलाई आग्रह गरेको छ । तर, कट्टरपन्थी समूहहरूको प्रभावका कारण सुधारका प्रयासहरू प्रभावकारी हुन नसकेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ०३ बजे

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका