पाकिस्तानमा अल्पसङ्ख्यकलाई दमन गर्न ईशनिन्दा कानूनको दुरुपयोग भइरहेकोमा चिन्ता « Khabarhub

पाकिस्तानमा अल्पसङ्ख्यकलाई दमन गर्न ईशनिन्दा कानूनको दुरुपयोग भइरहेकोमा चिन्ता


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई दमन गर्न कठोर ईशनिन्दा कानूनको दुरुपयोग भइरहेको भन्दै मानव अधिकार संगठनले चिन्ता व्यक्त गरेका छन् । धार्मिक अल्पसङ्ख्यक विशेषगरी, इसाई धर्मावलम्बीलाई दमन गर्नका लागि यस्तो कानूनको दुरुपयोग हुने गरेको ती संगठनको आरोप छ ।

पाकिस्तानको दण्ड संहिता धारा २९५ सी अन्तर्गत इस्लामको अपमान गरेको आरोपमा कडा सजायको प्रावधान छ । ह्युमन राइट्स वाच एचआरडब्ल्यू र ओपन डोर्सजस्ता संगठनहरूले यो कानूनबाट धार्मिक स्वतन्त्रता हनन् हुने गरेको उल्लेख गरेका छन् । यही कानूनको दुरुपयोग गर्दै निर्दोष व्यक्तिहरूलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय भोग्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।

युरोपियन कन्जरभेटिभका अनुसार सन् २०२४ मा मात्रै दर्जनौं इसाईहरूलाई झूटा आरोपमा जेल हालिएको र केहीलाई भीडको हिंसाको सामना गर्नुपरेको ओपन डोर्सको प्रतिवेदनमा उल्लेख छ ।

युरोपेली युनियनले पनि यो कानूनको दुरुपयोग रोक्न र धार्मिक अल्पसंख्यकको सुरक्षाका लागि पाकिस्तान सरकारलाई आग्रह गरेको छ । तर, कट्टरपन्थी समूहहरूको प्रभावका कारण सुधारका प्रयासहरू प्रभावकारी हुन नसकेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  २ : ०३ बजे

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको