गाजामा युद्धविराम गरी मानवीय सामग्री पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न भारतको आह्वान « Khabarhub

गाजामा युद्धविराम गरी मानवीय सामग्री पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न भारतको आह्वान


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले गाजा क्षेत्रमा तत्काल युद्धविराम गरी मानवीय सामग्रीको सहज पहुँच पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी युद्धमा आफ्नो अडानलाई दोहोर्‍याउँदै युद्धविराम र बन्धक रिहा गर्न आह्वान गरेको हो ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले वार्ता र कूटनीतिका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्नेमा भारत प्रष्ट रहेको जनाएका छन् । भारत ‘दुई राज्य समाधान’ को पक्षमा रहेको पनि उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय गाजा क्षेत्रमा मानवीय अवस्था अझ खराब बन्दै गएका बेला भारतीय विदेश मन्त्रालयलले यस्तो बताएको हो ।

पछिल्लो समय गाजा क्षेत्रम इजरायली आक्रमणसँगै भोकमरीका कारण समेत मानिसहरुले ज्यान गुमाउन थालेका छन् ।

सन् २०२३ को अक्टोबर महिनामा हमास लडाकु समूहले इजरायलमाथि आक्रमण गरेसँगै गाजा क्षेत्रमा युद्ध शुरु भएको हो । युद्धविरामका लागि पटक पटक हुँदै आएका प्रयास सफल हुन सकेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ६ : १६ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा