गाजामा युद्धविराम गरी मानवीय सामग्री पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न भारतको आह्वान « Khabarhub

गाजामा युद्धविराम गरी मानवीय सामग्री पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न भारतको आह्वान


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले गाजा क्षेत्रमा तत्काल युद्धविराम गरी मानवीय सामग्रीको सहज पहुँच पुर्‍याउन र सबै बन्धकलाई रिहा गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी युद्धमा आफ्नो अडानलाई दोहोर्‍याउँदै युद्धविराम र बन्धक रिहा गर्न आह्वान गरेको हो ।

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले वार्ता र कूटनीतिका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्नेमा भारत प्रष्ट रहेको जनाएका छन् । भारत ‘दुई राज्य समाधान’ को पक्षमा रहेको पनि उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय गाजा क्षेत्रमा मानवीय अवस्था अझ खराब बन्दै गएका बेला भारतीय विदेश मन्त्रालयलले यस्तो बताएको हो ।

पछिल्लो समय गाजा क्षेत्रम इजरायली आक्रमणसँगै भोकमरीका कारण समेत मानिसहरुले ज्यान गुमाउन थालेका छन् ।

सन् २०२३ को अक्टोबर महिनामा हमास लडाकु समूहले इजरायलमाथि आक्रमण गरेसँगै गाजा क्षेत्रमा युद्ध शुरु भएको हो । युद्धविरामका लागि पटक पटक हुँदै आएका प्रयास सफल हुन सकेको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ६ : १६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको