‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’ « Khabarhub

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन गर्न सत्तामा नआएको र ६ महिनाभित्र चुनाव गरी दायित्व सुम्पिने अठोट सुनाएको छिन् ।

जेन-जी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारी अधिकारीहरूसँग साथ र सहयोग पनि मागेकी छिन् ।

‘जुन परिस्थितिमा म आएँ – कुनै रहरले म आएको होइन । सडकबाट, जताततैबाट मलाई फलानालाई सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो’, कार्कीले भनिन्‌, ‘जहाँसम्म मेरो जुन टीम छ, टीमले जुन काम गरिराछ – हामी कुनै सत्ताको या पदको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि त्यो होइन ।’

आफूहरूलाई खोजिएकाले यो बेलामा किन सेवा नगर्ने भनी सक्दो छिटो ६ महिनामात्र अवधि लिएर सरकारमा आएको उनले बताइन्‌ ।

‘त्यो भन्दा बढी नबस्ने ! कुनै हालतमा पनि हामीले आफ्ना कामकारबाही पूरा गरेर हामी मुक्त हुने र नयाँ आउने संसद्‌ र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने हामीले अठोट गरेका छौँ’, कार्कीले भनिन्‌ ।

यो अठोट पूरा गर्न सबैको सहयोग अपेक्षा गर्दै कार्कीले आग्रह गरिन्‌, ‘त्यसैले मलाई सहयोग गर्नुस्‌ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३५ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी