‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’ « Khabarhub

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ’


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन गर्न सत्तामा नआएको र ६ महिनाभित्र चुनाव गरी दायित्व सुम्पिने अठोट सुनाएको छिन् ।

जेन-जी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै सरकारी अधिकारीहरूसँग साथ र सहयोग पनि मागेकी छिन् ।

‘जुन परिस्थितिमा म आएँ – कुनै रहरले म आएको होइन । सडकबाट, जताततैबाट मलाई फलानालाई सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो’, कार्कीले भनिन्‌, ‘जहाँसम्म मेरो जुन टीम छ, टीमले जुन काम गरिराछ – हामी कुनै सत्ताको या पदको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि त्यो होइन ।’

आफूहरूलाई खोजिएकाले यो बेलामा किन सेवा नगर्ने भनी सक्दो छिटो ६ महिनामात्र अवधि लिएर सरकारमा आएको उनले बताइन्‌ ।

‘त्यो भन्दा बढी नबस्ने ! कुनै हालतमा पनि हामीले आफ्ना कामकारबाही पूरा गरेर हामी मुक्त हुने र नयाँ आउने संसद्‌ र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने हामीले अठोट गरेका छौँ’, कार्कीले भनिन्‌ ।

यो अठोट पूरा गर्न सबैको सहयोग अपेक्षा गर्दै कार्कीले आग्रह गरिन्‌, ‘त्यसैले मलाई सहयोग गर्नुस्‌ ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले