ध्वस्त संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

ध्वस्त संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग प्रधानमन्त्रीको आग्रह


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन-जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह गरेकी छिन्‌ ।

सिंहदरबारमा आइतबार पदभार ग्रहण गरी उच्चपदस्थ सरकारी अधिकारीहरूसँग परिचयात्मक कार्यक्रम राखेकी कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताइन्‌ ।

‘मैले हिजोअस्ति पनि भनेँ – किन हामी आफ्नै तर्फबाट आफ्नै मुलुकका जनताबाट पहल गरेर ती कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि तराईमा किन हामी बाँसका भाँटा जोडेर भए पनि प्रहरीको बीट किन नबनाउने ? एउटा सस्तो हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?’, कार्कीले भनिन्‌ ।

नेपालीहरूमा क्षमता रहेछ भन्ने थाहा दिनुपर्ने भन्दै कार्कीले २०७२ को भूकम्पपछि रेट्रोफिट गरिएका सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचना पूर्ण उपयोगमा नआउँदै ध्वस्त पारिएको बताइन्‌ ।

‘२०७२ मा भूकम्प आयो, मलाई थाहा छ – यो सिंहदरबार रेट्रोफीटमा कयौँ रुपैयाँ खर्च भएर अस्तिको कुरा हो । त्यो हाम्रो मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतलाई पनि रेट्रोफिट गरियो’, कार्कीले भनिन्‌, ‘तर उपयोग नै नपाइ जलाएर भस्म पारियो । त्यो अपराधीहरूले हामीमाथि गरेको चुनौती हो । यो मुलुकको विरुद्ध दिएको चुनौती हो ।’

त्यो चुनौतीलाई सबैले मिलेर जुटेर एकताको भावना राखेर जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्कीले जनतालाई गुहारेर भएपनि संरचना निर्माण गर्नुपर्ने बताइन्‌ ।

प्रदर्शन क्रममा अराजक समूहले आगो लाएर ध्वस्त पारिदिएको प्रहरी वृत्त महाराजगञ्ज पुनःनिर्माणमा नागरिक सक्रियताको उदाहरण दिँदै कार्कीले भनिन्‌, ‘ म हिजो चक्रपथनेरको भाटभटेनी नेरको बिटमा गएको थिएँ । म त्यहाँ माथि चढेँ । मैले सबै कुरा सुनेँ । तल उत्रेँ । उत्रिँदाखेरी तल व्यापारीहरूको ठूलो समूह त्यहाँ भेला भयो । उहाँहरूले के भन्नुभयो भने सम्माननीयज्यूले यसमा कुनै चिन्ता लिनुपर्दैन, हामी छौँ । यो सुरक्षा हामीलाई चाहिने हो । हामी यसलाई पूरा गरिदिन्छौँ, हाम्रो जिम्मा भयो भन्नुभयो । मैले पनि उहाँहरूलाई धन्यवाद दिएँ । कमसेकम राज्यको एउटा सानो कोष त बच्यो ।’

एकले अर्कोको आलोचना गर्नेतिर नगइ एकीकृत भएर आगामी दिनमा जेनजी युवा पुस्ताको सोचबमोजिम काम गर्नुपर्ने भएको कार्कीको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ०२ बजे

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन