ध्वस्त संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग प्रधानमन्त्रीको आग्रह « Khabarhub

ध्वस्त संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग प्रधानमन्त्रीको आग्रह


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले गत साता चलेको जेन-जी प्रदर्शन क्रममा ध्वस्त पारिएका संरचना पुनःनिर्माणमा सघाउन नागरिकसँग आग्रह गरेकी छिन्‌ ।

सिंहदरबारमा आइतबार पदभार ग्रहण गरी उच्चपदस्थ सरकारी अधिकारीहरूसँग परिचयात्मक कार्यक्रम राखेकी कार्कीले आफ्नै मुलुकका जनताको पहलमा संरचना तयार गर्न सकिने बताइन्‌ ।

‘मैले हिजोअस्ति पनि भनेँ – किन हामी आफ्नै तर्फबाट आफ्नै मुलुकका जनताबाट पहल गरेर ती कुराहरू पूरा किन नगर्ने ? सानोतिनो भए पनि तराईमा किन हामी बाँसका भाँटा जोडेर भए पनि प्रहरीको बीट किन नबनाउने ? एउटा सस्तो हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?’, कार्कीले भनिन्‌ ।

नेपालीहरूमा क्षमता रहेछ भन्ने थाहा दिनुपर्ने भन्दै कार्कीले २०७२ को भूकम्पपछि रेट्रोफिट गरिएका सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचना पूर्ण उपयोगमा नआउँदै ध्वस्त पारिएको बताइन्‌ ।

‘२०७२ मा भूकम्प आयो, मलाई थाहा छ – यो सिंहदरबार रेट्रोफीटमा कयौँ रुपैयाँ खर्च भएर अस्तिको कुरा हो । त्यो हाम्रो मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतलाई पनि रेट्रोफिट गरियो’, कार्कीले भनिन्‌, ‘तर उपयोग नै नपाइ जलाएर भस्म पारियो । त्यो अपराधीहरूले हामीमाथि गरेको चुनौती हो । यो मुलुकको विरुद्ध दिएको चुनौती हो ।’

त्यो चुनौतीलाई सबैले मिलेर जुटेर एकताको भावना राखेर जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री कार्कीले जनतालाई गुहारेर भएपनि संरचना निर्माण गर्नुपर्ने बताइन्‌ ।

प्रदर्शन क्रममा अराजक समूहले आगो लाएर ध्वस्त पारिदिएको प्रहरी वृत्त महाराजगञ्ज पुनःनिर्माणमा नागरिक सक्रियताको उदाहरण दिँदै कार्कीले भनिन्‌, ‘ म हिजो चक्रपथनेरको भाटभटेनी नेरको बिटमा गएको थिएँ । म त्यहाँ माथि चढेँ । मैले सबै कुरा सुनेँ । तल उत्रेँ । उत्रिँदाखेरी तल व्यापारीहरूको ठूलो समूह त्यहाँ भेला भयो । उहाँहरूले के भन्नुभयो भने सम्माननीयज्यूले यसमा कुनै चिन्ता लिनुपर्दैन, हामी छौँ । यो सुरक्षा हामीलाई चाहिने हो । हामी यसलाई पूरा गरिदिन्छौँ, हाम्रो जिम्मा भयो भन्नुभयो । मैले पनि उहाँहरूलाई धन्यवाद दिएँ । कमसेकम राज्यको एउटा सानो कोष त बच्यो ।’

एकले अर्कोको आलोचना गर्नेतिर नगइ एकीकृत भएर आगामी दिनमा जेनजी युवा पुस्ताको सोचबमोजिम काम गर्नुपर्ने भएको कार्कीको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ०२ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा