असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ « Khabarhub

असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जी आन्दोलनले देशमा नयाँ परिस्थिति विकास गरेका कारण फिल्म ‘जारी २’ पूर्वनिर्धारित मिति असोज ३ मा प्रदर्शनमा नआउने भएको छ ।

असोज ३ आउन पाँच दिन बाँकी छ । भदौ २४ मा यसको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । आन्दोलनकै कारण ट्रेलर रिलिज पनि स्थगित भएको थियो ।

फिल्मका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले खबरहबको जिज्ञासामा पूर्व निर्धारित मितिमै प्रदर्शनमा ल्याउन नसकिने बताए ।

देश शोकमा रहेको र असामान्य परिस्थिति विकास भएको अवस्थामा मानवीय संवेदनाको ख्याल गरी फिल्मको प्रदर्शन मिति हेरफेर गर्ने मनस्थितिमा आफू रहेको उनले बताए ।

भने, ‘कसरी यो अवस्थामा फिल्म ल्याउनु रु देशको अवस्था यो छ । आन्दोलनका कारण यति धेरै व्यक्तिले ज्यान गुमाउनु भएको छ । यति त मानवीय संवेदना ख्याल गर्नुपर्‍यो नि ।’

दशैँ वा तिहार लक्षित गरी फिल्म प्रदर्शनमा आउने सम्भावना भने उच्च रहेको उनले खुलाए ।

भने, ‘टिमसँग छलफल त हुन पाएको छैन । तर, दशैँ वा तिहारको उपयुक्त मिति खोजेर हामी दर्शकसँग भेट गर्ने सम्भावना उच्च छ ।’

जेन–जी आन्दोलन हिंसाको रुप लिएपछि अहिले सरकार अन्तिरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा छ । यही आन्दोलनका कारण देशभरका फिल्म हलहरु पनि ठप्प छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १ : ५५ बजे

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक