रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको भनिएको दुर्घटनामा एक रेल चालकको मृत्यु हुनुका साथै रेल यातायात अवरुद्ध भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् ।

रेल कसैको आक्रमणपछि दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको र अनुसन्धान पनि अघि बढाइएको कतिपय रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसको पश्चिमी ओरियोल क्षेत्रमा शनिबार राति भएको विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको केही घण्टापछि रेल दुर्घटना भएको हो । 

गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोले टेलिग्राममा भनेका छन्, ‘लेनिनग्रादको गाचिना जिल्लाको सेमरिनो स्टेशन नजिकै एउटा डिजेलबाट चल्ने रेल दुर्घटना भएपछि रिकभरीको प्रयास जारी छ ।’

रेल चालकको मृत्यु भएको ड्रोज्डेन्कोले पुष्टि गरे। उनले भने, ‘रेल चालक रेलको क्याबिनमा घाइते अवस्थामा फसेका चालकको उद्धार गरी उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको हो ।’

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट भिडियोमा एउटा रेलको डिब्बा ट्र्याकबाट केही मिटर टाढा रहेको देखिएको छ । 

‘अन्वेषकहरूले सम्भावित तोडफोड भएको सम्बन्धमा अनुसन्धान गरिरहेका छन्,’ उनले थपे । रासस

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ५२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण