पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने « Khabarhub

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोतल तथा जारमा बिक्री वितरण भइरहेको साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

विभागले एक सूचना जारी गर्दै अबदेखि काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, २० लिटर जारको पानी काठमाडौं उपत्यकामा ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोकिएको छ ।

यसअघि व्यापारीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए ।

विभागले तोकिएको भन्दा बढी रकममा पानीको बोतल तथा जार बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

व्यापारीले तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गरेको पाइएमा विभाग वा मातहतका कार्यालयमा सूचना दिन आम सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : २८ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन