मनाङका किसानले भित्र्याए फापर बाली « Khabarhub

मनाङका किसानले भित्र्याए फापर बाली


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टंकी मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । 

हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउँछन्। ‘फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ’, उनले भने, ‘मौसम सफा हुनासाथ थन्क्याइएको हो ।’ 

वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उनले जानकारी दिए । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मीठो फापर पाक्ने र घाम लागेको मौका छोपी बाली भित्र्याइन्छ ।  

घाँस नपाइने समयमा फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन सुकुटी पारेर राखिने गरिन्छ । मनाङको प्रमुख खाद्य बालीका रूपमा रहेको फापर जलवायु संकटका कारण परम्परागत अन्य रैथाने बालीभन्दा कम झन्झटिलो भएकाले यहाँका किसानले बढी खेती गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले जानकारी दिए ।  

एक पाथी फापरको रु एक हजार २०० सम्म बिक्री गर्न सकिने चामे गाउँपालिका–५ चामेका उद्यमी शेराप विष्टले बताए। फापरसँगै यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत खेती यहाँको मुख्य बाली हुन् । मीठो फापरको खेती असार-साउनमा छरेर असोजको दोस्रो-तेस्रो साता भित्र्याइन्छ । तीतो फापर भने साउन-भदौ महिनामा छरेर कात्तिकको १५ पछि भित्र्याइने गरिन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : २२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर