जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने « Khabarhub

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न जाने तयारीमा रहेको घोषणा गरेका छन् । उक्त भेटवार्ताको प्रमुख उद्देश्य हवाई सुरक्षा सुदृढीकरण र रूसमाथि थप दबाब दिने रणनीतिबारे छलफल गर्नु रहेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राजनीतिज्ञहरू र कम्पनीहरूसँग पनि वार्ता गर्ने युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलमा सामेल हुने बताए । सो प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति ट्रम्पसँग भेट हुने अपेक्षा राखेको छ ।

एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्कीलाई स्वागत गर्ने योजना छ वा छैन भनेर प्रश्न गर्दा उनले छोटकरीमा ‘मलाई लाग्छ, हो’ भनेर जवाफ दिएका थिए । ट्रम्पले उक्त प्रतिक्रिया मध्यपूर्वबाट वासिङ्टन फर्कने क्रममा गरिएको छोटो इन्धन स्टपका बेला दिएका हुन् ।

जेलेन्स्कीले सप्ताहन्तमा राष्ट्रपति ट्रम्पसँग दुई पटक टेलिफोन वार्ता भएको पुष्टि गर्दै ती संवादहरूमा युक्रेनले सामना गरिरहेका ‘गम्भीर चुनौतीहरू’ — विशेष गरी रुसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा पारिरहेको प्रभाव र युद्धमैदानको अवस्थाबारे छलफल भएको जानकारी दिए ।

“हामीले केही संवेदनशील विषयहरूमा गहन छलफल गर्‍यौँ । वार्ता ठोस थियो, तर त्यो पर्याप्त थिएन”, जेलेन्स्कीले किएभमा युरोपेली सङ्घ इयुका शीर्ष कूटनीतिज्ञ काजा कल्लासको भ्रमणको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भने ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार वासिङ्टनको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री युलिया स्विरिडेन्को, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू, राष्ट्रिय सुरक्षा परिषद्का प्रतिनिधिहरू र अन्य वरिष्ठ कूटनीतिज्ञहरू समावेश भएको प्रतिनिधिमण्डल यसअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेको छ ।

जेलेन्स्कीले वासिङ्टन पुग्नेबित्तिकै अमेरिकी सैन्य कम्पनीका प्रतिनिधिहरू, सिनेटरहरू र सांसदहरूसँग थप उच्चस्तरीय बैठकहरू गर्ने योजना बनाएको बताए ।

“मुख्य विषयहरू हाम्रा हवाई सुरक्षाको सुदृढीकरण र रूसमाथि थप दबाब सिर्जना गर्ने सम्भावनाहरू हुन्”, उनले भने ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ०१ बजे

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ

भूपदेव शाहले गरे अछाम-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं– रास्वपाबाट प्रतिनिधिसभा अछाम-२ का उम्मेदवार भूपदेव शाहले उम्मेदवारी दर्ता

नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालीन सरकारतर्फ इङ्गित