जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने « Khabarhub

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न जाने तयारीमा रहेको घोषणा गरेका छन् । उक्त भेटवार्ताको प्रमुख उद्देश्य हवाई सुरक्षा सुदृढीकरण र रूसमाथि थप दबाब दिने रणनीतिबारे छलफल गर्नु रहेको बताइएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राजनीतिज्ञहरू र कम्पनीहरूसँग पनि वार्ता गर्ने युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलमा सामेल हुने बताए । सो प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति ट्रम्पसँग भेट हुने अपेक्षा राखेको छ ।

एक पत्रकारले राष्ट्रपति ट्रम्पलाई शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्कीलाई स्वागत गर्ने योजना छ वा छैन भनेर प्रश्न गर्दा उनले छोटकरीमा ‘मलाई लाग्छ, हो’ भनेर जवाफ दिएका थिए । ट्रम्पले उक्त प्रतिक्रिया मध्यपूर्वबाट वासिङ्टन फर्कने क्रममा गरिएको छोटो इन्धन स्टपका बेला दिएका हुन् ।

जेलेन्स्कीले सप्ताहन्तमा राष्ट्रपति ट्रम्पसँग दुई पटक टेलिफोन वार्ता भएको पुष्टि गर्दै ती संवादहरूमा युक्रेनले सामना गरिरहेका ‘गम्भीर चुनौतीहरू’ — विशेष गरी रुसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा पारिरहेको प्रभाव र युद्धमैदानको अवस्थाबारे छलफल भएको जानकारी दिए ।

“हामीले केही संवेदनशील विषयहरूमा गहन छलफल गर्‍यौँ । वार्ता ठोस थियो, तर त्यो पर्याप्त थिएन”, जेलेन्स्कीले किएभमा युरोपेली सङ्घ इयुका शीर्ष कूटनीतिज्ञ काजा कल्लासको भ्रमणको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भने ।

युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार वासिङ्टनको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री युलिया स्विरिडेन्को, राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरू, राष्ट्रिय सुरक्षा परिषद्का प्रतिनिधिहरू र अन्य वरिष्ठ कूटनीतिज्ञहरू समावेश भएको प्रतिनिधिमण्डल यसअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेको छ ।

जेलेन्स्कीले वासिङ्टन पुग्नेबित्तिकै अमेरिकी सैन्य कम्पनीका प्रतिनिधिहरू, सिनेटरहरू र सांसदहरूसँग थप उच्चस्तरीय बैठकहरू गर्ने योजना बनाएको बताए ।

“मुख्य विषयहरू हाम्रा हवाई सुरक्षाको सुदृढीकरण र रूसमाथि थप दबाब सिर्जना गर्ने सम्भावनाहरू हुन्”, उनले भने ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ०१ बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक