‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’ « Khabarhub

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन नसक्ने जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउदै नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा दिन नसक्ने भन्दै एसोसिएसनले सरकारलाई चुनौती दिएको हो । 

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरूको आर्थिक संरचना लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रुपमा फरक भएकाले समान पारिश्रमिक दिन नसकिने जनाईएको छ । 

मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक (३४७३० रुपैयाँ) र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशन पछि सेवा सुविधा नपाएको भन्दै कास्कीको मणिपाल मेडिकल कलेजका नर्सहरूले आन्दोलनमा छन्। नर्सहरूको आन्दोलनपछि मन्त्रालयले पुन पत्र पठाउदै सरकारी बमोजिम पारिश्रमिक दिन निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशन पछि एसोसिएसनले पारिश्रमिक बढाउन नसकिने भन्दै पत्र पठाएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : २० बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका