सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ « Khabarhub

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम सुरू भएको छ ।

गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएको विध्वंशपछि ध्वस्त भएको सर्वोच्च अदालतले दशैँ बिदा सकिएर इजलास सुचारू गरेलगत्तै रिटको ओइरो लागेको हो । मंगलबार कम्तीमा पनि ६ वटा रिट परिसकेका छन् ।

गत भदौ २७ गते गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट दायर हुँदैछन् ।

सर्वोच्चमा दायर भएका रिटहरूमाथि अध्ययनगरि प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ ।

एकजना रिट जाहेरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले संसद् (प्रतिनिधिसभा) विघटन संविधानको मर्म, भावना र सर्वोच्च अदालतबाट स्थापित नजिरविरुद्ध रहेको जिकिर गरेका छन् ।

संसद् विघटन पूर्णतया असंवैधानिक रहेकाले पुनर्स्थापना गर्नुको विकल्प नरहेको निष्कर्ष उनले सुनाएका छन् ।

उनले संसद् भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना नेपालको संविधान-२०७२ ले नगरेको पनि बताएका छन् ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदम पनि असंवैधानिक रहेकाले बदरको माग गरिएको जानकारी उनले दिएका छन् ।

वर्तमान सरकार कामचलाउ मात्रै भएकाले यसले दीर्घकालीन असर पर्ने कुनै पनि काम गर्न नहुने पनि उनले बताएका छन् ।

त्यसका लागि अन्तरिम आदेश जार हुनुपर्ने पनि माग गरिएको अधिवक्ता पौडेलले बताएका छन् ।

त्यसैगरी अर्का रिट जाहेरकर्ता युवरा पौडेल सफल पनि कार्कीको नियुक्तिलाई असंवैधानिक भनेका छन् ।

सफलले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको जिकिर गर्दै उनको नियुक्ति बदर गर्न माग गरेका छन् ।

‘असंवैधानिक तवर’बाट बनेको सरकारका सबै निर्णय सबै खारेज गर्नुपर्ने पनि उनले रिटमा माग गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ०६ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ