देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन « Khabarhub

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमा हातपात भएयता पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तरिम सरकारबारे प्रश्न उठाएका छन् ।

उनले केन्द्रीय कार्यालय सानेपामा उपस्थित नेपाली कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् ।

‘देशमा अब द्वन्द्व हुनु आवश्यक छैन । देशमा विकसित नयाँ परिस्थिति अनुसार पार्टीलाई एकताबद्ध बनाउनुपर्छ’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएको छ । हामीले अहिलेको अवस्थामा अन्य राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक छ ।’

देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको पनि बताए । ‘अहिले नै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने ग्यारेन्टी छैन । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ । शान्ति सुरक्षा र भयरहित अवस्था बनाउने काम सरकारले गर्नुपर्छ’, उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकारले दलहरूसँग संवाद गर्नु जरूरी छ । तर त्यसो गरेको देखिएको छैन ।’

उनले कांग्रेस नेताहरूलाई एमालेसहितका अन्य दलहरूसँग पनि संवाद गर्न सुझाए । ‘यस्तो अवस्थामा अन्य दलहरूसँग हामीले संवाद गर्नुपर्छ । देशको राष्ट्रियता र लोकतन्त्रको रक्षा गरिनुपर्छ’, उनले भने, ‘म लामो राजनीतिक यात्रापछि यहाँसम्म आएको हुँ। देश र जनताप्रति सकेसम्म प्रतिबद्ध रहनेछु । नेपाली कांग्रेसलाई सधैँ माया गर्दै आएको छु ।’

उनले नेपालमा भ्रष्टाचार निवारणका लागि आफूले कैयौँ काम गरेको पनि बताए । ‘छुवाछुत हटाउन पनि मैले काम गरेको छु । महिला अधिकारका लागि काम गरेको छु’, उनले भने, ‘मेरो राजनीतिक जीवन नै देशका लागि समर्पण गरेको छु ।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ३७ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन