सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन् « Khabarhub

सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन्


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरे ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य दिँदै मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

देउवाले सम्बोधनका क्रममा घरमा सधैँ एकजना मात्रै मूली नहुने तर्क गर्दै १५औँ महाधिवेशनबाट अरू नेतालाई सभापति बनाउने बचन दिए ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकजना मुली रहँदैन’, उनले भने, ‘पार्टीमा पनि हमेसा एउटै सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ- मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने भनिसकेको छु। १५औँ महाधिवेशनबाट मबाहेक कुनै साथी सभापति बन्नु हुनेछ। त्यसमा द्विविधा छैन।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ५६ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन