सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला « Khabarhub

सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताएका छन् । 

सरकारले शान्ति सुरक्षा कायम गरेर निर्वाचनको वातावरण तयार पारे आफूहरू निर्वाचनमा सहभागी हुने समेत उनले उद्घोष गरे । 

मंगलबार केन्द्रीय कमिटी बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहौल बनाउन आग्रह गरे । 

‘इतिहास हेर्नुहोला विभिन्न चुनौतीहरूमा त कांग्रेस निर्वाचनबाट भागेको छैन । सरकारले निर्वाचनको वातावरण बनाए हामी निर्वाचनमा सहभागी हुन तयार छौँ ।’, सिटौलाले भनेका छन्, ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पनि अदालतको ढोका खुल्लै छ। हामी निर्वाचनको माहौल नबनाए यो विकल्पमा पनि जान सक्छौँ ।’

उनले जेन-जीले उठाएका कतिपय मागहरू सकारात्मक रहेको बताउँदै कांग्रेस यस्ता मागहरूलाई पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ३० बजे

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता, एक घाइते

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण