बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु « Khabarhub

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग २६प ९२८७ नम्बरको स्कुटर ठक्कर खाएको थियो । 

दुर्घटनामा घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो । अर्का घाइते मनोजको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ५१ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ