एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने « Khabarhub

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने भएको छ । 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लबको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।

एन्फा महासचिव किरण राईले होम एन्ड अवेमा खेल खेल्नका लागि क्लबहरुले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णयमा पुगिएको जानकारी दिए । 

लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडी क्लवहरुसंग छलफल गर्ने उनले बताए । महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे । ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाइ छ । 

यसअघि ए डिभिजनका क्लबहरूले होम एन्ड अवे फरम्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार नरहेको जनाएका थिए । लिग सञ्चालनको लागि टाइमलाइन बनाएर अघि बढनुपर्ने माग क्लबहरुले राखेपछि होम एन्ड अवे प्रणालीबाट एन्फा पछि हटेको हो । 

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ०१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले