विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे « Khabarhub

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन्।

सभामुख घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा पुर्याएको बताएका छन्। उनले विपिनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा सभामुख घिमिरेले भनेका छन्, “विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ। सभामुखको तर्फबाट विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ।”

उनले इजरायलमा अध्ययनरत जोशी देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कने सपना बोकेका युवा भएको उल्लेख गर्दै उनको असामयिक निधन हृदयविदारक भएको बताएका छन्।

घिमिरेले आगामी दिनमा नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले अझ प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : ३२ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ