भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो « Khabarhub

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।

भियतनाको होचिमिन सिटीस्थित थोङ न्हाट खेल मैदानमा आज भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । तेस्रो चरणमा नेपालको यो लगातार चौँथो हार हो ।

समूह एफअन्तर्गत भियतनामविरुद्धको आजको खेल नेपालमा आयोजना हुने भनिएकामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एसियन कप छनोट खेल खेलाउन सम्भव नभएकाले नेपाली टोलीले भियतनाममा गएर खेल्नुपरेको हो ।

आजको खेलमा नेपाल भियतनामसँग पराजित भएसँगै नेपाल दुई खेलअगावै छनोटबाट बाहिरिएको छ । यसअघि भियतनामविरुद्धको ‘अवे’ खेलमा भने नेपाल ३–१ ले पराजित भएको थियो । त्यसअघि नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओससँग २–१ ले पराजित भएको थियो । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

आजको खेलमा नेपालका सुमन श्रेष्ठले खेलको पहिलो हाफमा गरेको आत्मघाती गोलमा भियतनाम विजयी भएको हो । खेलको पाँचौँ मिनेटमा सुमनबाट आत्मघाती गोल भएको थियो । योसँगै चार खेल हारेको नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ३५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले