आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १४ तारिख। विश्व मधुमेह दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन् । संकटमा बन्धुको साथ मिल्नेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ ।

मिथुन : दिन सहज छ । आफ्ना कारणले आफूलाई घाटा नहुने दिन छ । शुभ कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ । स्वास्थ्यले राम्रो दिनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने छ ।

सिंह : दैनिकी सहज छ । परिवारले निगरानी गरेको देखिन्छ । साथी र संगठनले साथ दिनेछन् । व्यापारमा अघि बढ्ने हिम्मत गर्नु पर्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ । इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ । अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर बन्ने जोखिम छ ।

तुला : दिन सामान्य छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारभित्र दाजुभाइसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । आज तपाईंले थोरै बोलेर प्रगति हुने योग छ । लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ । परिवार भित्रको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

धनु : दिन राम्रो छ । साथीमार्फत आफ्नो काम गर्नु राम्रो हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । आफ्ना बन्धु र दिदी बहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । बढी विश्वास गर्नाले घात हुने जोखिम छ ।

कुम्भ : सामान्य छ । परिवारमा झन्झट आइपर्ने छ । आफ्नै राशिमा शनि देव पुगेका छन् । मनमा खटपटी हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुने योग छ । परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ । प्रेममा खटपटी हुने जोखिम छ ।

मीन : दिन सामान्य छ । सामान्य कुरामा विवाद बढ्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ । परिवारको व्यवस्थापनमा अग्रसर हुनु पर्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि