आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १४ तारिख। विश्व मधुमेह दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । तपाईंले गरेको श्रमको उचित मूल्य पाउनुहुनेछ । निजी काममा भन्दा राजनीतिमा मन जानेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारले अप्ठेरो परिस्थितमा साथ दिनेछन् । संकटमा बन्धुको साथ मिल्नेछ । संयुक्त लगानीबाट फाइदा हुनेछ । दाजुभाइको सल्लाह लिएमा दिन सहज हुनेछ ।

मिथुन : दिन सहज छ । आफ्ना कारणले आफूलाई घाटा नहुने दिन छ । शुभ कार्यमा सहभागी हुनाले मनमा सन्तुष्टि मिल्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । तपाईंलाई स्वास्थ्यले राम्रो साथ दिनेछ। लगानीका क्षेत्रमा हिम्मत गरे व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा शान्ति प्राप्त हुनेछ । स्वास्थ्यले राम्रो दिनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने छ ।

सिंह : दैनिकी सहज छ । परिवारले निगरानी गरेको देखिन्छ । साथी र संगठनले साथ दिनेछन् । व्यापारमा अघि बढ्ने हिम्मत गर्नु पर्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ ।

कन्या : दिन सामान्य छ । तपाईंको श्रमको मूल्य अर्कोले खाने जोखिम छ । इच्छा विपरित धन खर्च गर्नुपर्ने भएकाले मन दुःखी हुनसक्छ । अरुको सेवा गर्दा आफ्नो स्वास्थ्य कमजोर बन्ने जोखिम छ ।

तुला : दिन सामान्य छ । बोलीको प्रभावले राम्रो काम बन्नेछ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारभित्र दाजुभाइसँग मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । आज तपाईंले थोरै बोलेर प्रगति हुने योग छ । लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गुरुसँगको सहकार्यले उत्साह मिल्नेछ । परिवार भित्रको सम्बन्धमा भने खटपटी बढ्नेछ ।

धनु : दिन राम्रो छ । साथीमार्फत आफ्नो काम गर्नु राम्रो हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । कर्मक्षेत्रमा तपाईंले संघर्षको फल प्राप्त गर्नुहुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन सामान्य छ । परिवारकै आरोपको सामना गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ । आफ्ना बन्धु र दिदी बहिनीको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । बढी विश्वास गर्नाले घात हुने जोखिम छ ।

कुम्भ : सामान्य छ । परिवारमा झन्झट आइपर्ने छ । आफ्नै राशिमा शनि देव पुगेका छन् । मनमा खटपटी हुनसक्ने जोखिम छ । व्यापारमा फाइदा हुने योग छ । परिवारले अप्ठेरो अवस्थामा साथ दिनेछ । प्रेममा खटपटी हुने जोखिम छ ।

मीन : दिन सामान्य छ । सामान्य कुरामा विवाद बढ्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । त्यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ । परिवारको व्यवस्थापनमा अग्रसर हुनु पर्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०६ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन