म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव  | Khabarhub Khabarhub

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिए ।

‘अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो’, उनले भने, ‘स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको सुझावका आधारमा मतदान स्थल र केन्द्र प्रस्ताव गरिएको हो ।’

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले उक्त प्रस्ताव गरेको हो । 

गत निर्वाचनमा यहाँ ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र थिए । 

प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छ स्थानीय तहमा ४५ वटा वडा छन् । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता थिए ।
 
निर्वाचन आयोगले गत असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । 

यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली सङ्कलन भइरहेको छ । असोज १० गतेदेखि यता ५८३ जनाले नामावली दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २५ बजे

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई

प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन

तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं– लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक

विकट क्षेत्रमा धमाधम दूरसञ्चार सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको