नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी | Khabarhub Khabarhub

नयाँ पार्टीको नाम जुराउन जनार्दनको टिमसँग छलफलमा सन्तोष र मानुषी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष परियारले माओवादी केन्द्र छोडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका नेता जनार्दन शर्मासँग संवाद थालेका छन् ।

ललितपुरको एक क्याफेमा जनार्दनसहित राम कार्की, सुदन किराती र नयाँ शक्ति नेपाल (नेसपा)की मानुषी भट्टराई पनि नयाँ पार्टी निर्माणका लागि छलफलमा जुठेका छन् ।

जनार्दननिकट एकजना नेताका अनुसार बिहा ११ बजेदेखि उनीहरू ललितपुरको एक क्याफेमा छलफल चलिरहेको छ ।

जनार्दनसहित छलफल भएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसचेतक परियार पनि जोडिएका थिए। त्यसपछि उनी जनार्दनको अभियानमा जोडिने करिब पक्का भएको छ।

‘छलफल चलिरहेको छ, सम्भवत: हाम्रो टिममा सन्तोषजी र मानुषीजी पनि जोडिनुहुन्छ’, उक्त क्याफेबाट एक नेताले खबरहबलाई भने, ‘धेरै दिनदेखि हामी छलफलमा थियौँ। सन्तोषजी र मानुषीजी पनि हामीलाई चाहिने नेता हो ।’

उनीहरू दुवैजना यस अभियानमा जोडिन उत्साहित रहेको ती नेताले बताएका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य नेताहरू पनि सहभागी छन्।

स्रोतका अनुसार नयाँ पार्टी गठनको दिशामा त्यहाँ छलफल भइरहेको छ। पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी या प्रगतशील नागरिक पार्टीसहित कुनै एक राख्ने गरी उनीहरू छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २९ बजे

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई

प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन

तेस्रोलिंगीको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

काठमाडौं– लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक

विकट क्षेत्रमा धमाधम दूरसञ्चार सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरूमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको