यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने  « Khabarhub

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः सञ्चालनमा आउने भएको छ । 

विभागले अस्थायी रूपमा खडा गरेको सर्भरमा बिहीबार बेलुकाबाट प्राविधिक समस्याका कारण ठप्प रहेको थियो । सोहीकारण नयाँ तथा नवीकरणका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन दिने, तथा छपाइमा समेत प्रभाव परेको छ । 

सर्भर मर्मत सम्पन्न भइसके पनि प्राविधिक कारणले आज सुचारु गर्न नसकिएको विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन् । 

‘विभागले सिंहदरबारको डाटा सेन्टरबाट डाटा सारेर कात्तिक १६ गतेबाट आंशिक रूपमा सर्भर सञ्चालन गरेका थियौँ, अस्थायी रूपमा सुरु गरेको सर्भरबाट कार्यभार बढी हुँदा समस्या हुनसक्नेमा सुरुदेखि नै बताउँदै आएको कुरा थियो, सोही कारण अहिले समस्या निम्तिएको हो । आज दिनभर काम गरेर यो समस्या समाधान गरिसकेका छौँ ।’ उनले थपे, विद्युत आपूर्तिबीचमा नकाटियोस् भन्ने उद्देश्यले जेनेरेटरबाट चलेको सर्भरमा समस्या भयो । आज (युपीयस) अर्थात् विद्युत अविछिन्न प्रवाह गर्ने डिभाईस जोडेका छौँ, अब समस्या नआउँला,’ । 

विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै विभागले आफू मातहतका ३८ कार्यालयबाट आंशिक रूपमा सेवा दिन थालेको थियो । 

आन्दोलनले पूर्ण क्षतिग्रस्त बनेका अन्य ४ कार्यालय भने पुन निर्माणका क्रममा छन् । एक दुई दिनभित्र विभागका ४२ वटै कार्यालय सञ्चालनमा आउने उनले बताए । 

भदौ २३ र २४ गते भएको आन्दोलनका कारण विभागमा क्षति पुगेसँगै विभागले दिँदै आएका सबै सेवा अवरुद्ध भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : ४९ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले