डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न « Khabarhub

डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न भएको छ ।
 
गत मंगलबारबाट सुरु भएर चार दिनसम्म चलेको शान्ति पूजा शुक्रबार सम्पन्न भएको हो । माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढि लामा गुरुहरु र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरुले सामूहिक रुपमा शान्ति पूजा गरेका थिए । 

सोही अवसरमा डोल्पा मार्गोम गुम्वाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा गरिएको थियो । 

डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछोले समग्र विश्व शान्ति र मानवकल्याणका साथै देशमा शान्तिका लागि पूजा आयोजना गरिएको जानकारी दिए । 

सोहि अवसरमा माथिल्लो डोल्पाबाट चिसो छल्न काठमाडौैं आएका डोल्पावासीले आफ्नो परम्परागत सास्कृतिक नाचहरुसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना