साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए « Khabarhub

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छ्न् ।

निर्वाचन आयोग नेपालका अनुसार मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यही कात्तिक ३० गतेसम्म कायम गरिएकोमा कात्तिक २७ गतेसम्म कूल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि आयोगको आजको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको छ ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

भोलि शनिबार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले जततउस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ मार्फत आवेदन गर्न सकिने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने आयोगले जनाएको छ ।

आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई

जैविक विवरण दिने कार्य शनिबार सञ्चालन रहने व्यहोरा जानकारी गराएको छ ।
सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिबारको दिनसमेत) जैविक विवरण दिने सेवा लिनु हुन सबै सेवाग्राहीलाई आयोगको अनुरोध छ । साथै आयोगले शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण संकलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन हुन सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ५५ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व