प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो « Khabarhub

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताएकी छन् ।

युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उहाँको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उहाँले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरे ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ । नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र रु युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ । होइन भने विचलन र विद्रोह जन्मिन्छ ।’

युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोहोर्याउने कर्तव्य राज्यकै हुने उनको भनाइ थियो । ‘युवालाई सही बाटोमा लगाउन सकिन्छ । खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ’, उनले भनिन्, ‘युवामन्त्री एकदमै तेजिलो हुनुहुन्छ । समाज सेवामा पनि काम गर्नुभएको छ । युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ ।’

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा एक करोड २४ लाख जनसङ्ख्या छ, जुन कुल जनसङ्ख्याको ३० प्रतिशत हो ।

‘जनसङ्ख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन् । यसमा देशभरिका युवा आएर जोडिन सकून् । यसैकारण हामीले बलियो मन्त्री पठाएका छौँ । यो ‘फाइटिङ एज’ पनि हो । नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ । यो भावनाका साथ अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : ०९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार