जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन् ।

संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका हुन् ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण रहेको सभामुख घिमिरेको भनाइ छ ।

उनले भनेका छन्– ‘संसद् सेवा लोकतन्त्रको मन्दिरको रुपमा लिइने संसद्लाई सुचारु राख्ने एक पवित्र जिम्मेवारी पनि हो, राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो, संसद्को स्वायत्तता कायम राख्दै यस सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउन हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ७ : ३५ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्