ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण « Khabarhub

ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको सङ्ख्या मनोमानी ढंगले बढाउन नपाउने बताएकी छन्।

तीन महिना अगाडि लामो अध्ययन र सहमति गरेर बनाएको विधानलाई उनले सहजै परिमार्जन गर्न नसक्ने बताउँदै पार्टीको हित विपरीत गलत निर्णय केन्द्रीय कमिटीमा लगे आफूहरूले प्रतिवाद गर्ने बताइन्।

“हामीले तीन महिना अगाडि लामो छलफल गरेर विधान बनाएको हो । अहिले आफू बलियो नहुने डरले पुन विधान आफू परिवर्तन गर्न सकिँदैन,” तेम्सेनाले खबरहबलाई भनिन्,”पार्टी व्यक्तिको स्वार्थमा भन्दा पनि सामूहिकतामा चल्नुपर्छ भन्ने लाग्छ । गलत निर्णय केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले प्रस्ताव गर्नुभयो भने हामी त्यसको प्रतिवाद गर्छौं।”

केन्द्रीय कमिटी बैठकमा धेरै नेताले ओली अनुकूल निर्णय गर्ने विषयमा विरोध जनाउने तयारी गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन