ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण « Khabarhub

ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको सङ्ख्या मनोमानी ढंगले बढाउन नपाउने बताएकी छन्।

तीन महिना अगाडि लामो अध्ययन र सहमति गरेर बनाएको विधानलाई उनले सहजै परिमार्जन गर्न नसक्ने बताउँदै पार्टीको हित विपरीत गलत निर्णय केन्द्रीय कमिटीमा लगे आफूहरूले प्रतिवाद गर्ने बताइन्।

“हामीले तीन महिना अगाडि लामो छलफल गरेर विधान बनाएको हो । अहिले आफू बलियो नहुने डरले पुन विधान आफू परिवर्तन गर्न सकिँदैन,” तेम्सेनाले खबरहबलाई भनिन्,”पार्टी व्यक्तिको स्वार्थमा भन्दा पनि सामूहिकतामा चल्नुपर्छ भन्ने लाग्छ । गलत निर्णय केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले प्रस्ताव गर्नुभयो भने हामी त्यसको प्रतिवाद गर्छौं।”

केन्द्रीय कमिटी बैठकमा धेरै नेताले ओली अनुकूल निर्णय गर्ने विषयमा विरोध जनाउने तयारी गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : ५२ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्